चितवनमा पोथी गैंडा मृत फेला




चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो । एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।




गैंडाको मृत्युको कारण खुलिसकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् ।

चालु आर्थिक वर्षमा गैंडाको यो पहिलो मृत्यु हो ।



सम्बन्धित
Loading...