एकैठाउँमा तीनवटा चितुवा मृत भेटियो
धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं–१० गढीमा तीनवटा चितुवा मृत फेला परेको छ ।
गढीस्थित अदुवाबारीमा दुईवटा र मकैबारीमा एकवटा चितुवा मृत भेटिएको थाक्रे गाउँपालिका वडा नं–१० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिए ।
बिहीबार दिउँसो घाँस काट्न गएका स्थानीयले चितुवा देखेर खबर गरेपछि आफूसँगै प्रहरीसहितको टोली घटनास्थलमा पुगेको वडाध्यक्ष लामिछानेले बताए ।
मृत अवस्थामा फेला परेको चितुवा सबडिभिजन वन कार्यालय बैरेनीलाई बुझाइएको छ । सो विषयमा अनुसन्धान भइरहेको सबडिभिजन वन कार्यालय बैरेनीले जनाएको छ ।