नवलपरासीमा सुतिरहेकाे अवस्थामा एक युवककाे हत्या




रामकुमार श्रेष्ठ –

नवलपरासी १४ साउन । पश्चिम नवलपरासीमा एक जना युवककाे गएराति सुतिरहेकै अवस्थामा घाँटी रेटी हत्या गरेकाे छ ।




नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका ५ हर्दी निवासी उमेश बढईको छोरा बर्ष २० को रोशन कुमार बढई भन्ने सुर्य कुमार बढईकाे हत्या भएकाे हाे ।

उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी घाँटीमा काटी हत्या भएकाे प्रहरीले जनाएकाे छ ।

विहान ५ बजेतिर परिवारले उनकाे हत्या भएकाे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।

मृतकसँगै एउटै काेठामा सुतेकाे मृतकका भाई सन्दिप बढई समेत घटनाकाे बारेमा थाहा नपाएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी रेशम बोहराले हत्या किन र कसले गरेकाे नखुलेकाे र घटनाकाे अनुसन्धान भईरहेकाे जनाए ।

मृतककाे शव पाेष्टमार्टमका लागि पृथ्वी चन्द्र जिल्ला अस्पताल परासी लगिएकाे छ ।



सम्बन्धित
Loading...