त्रिशूलीमा हराएको भारतीय प्राविधिक टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटियो
त्रिशूली नदीमा हराएको भारतीय प्राविधिक टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटिएको छ ।
भारतीय टोलीको हराइरहेको १९ केजीको चुम्बक (म्याग्नेट) र लाइफ ब्वाई ट्युब काभ्रेघाटमा एक मोटरबोट चालकले फेला पारेका हुन् ।
भेटिएको चुम्बक ट्युबसहितको सामग्री भारत पठाइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
भारतीय टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थल सिमलताल क्षेत्रमा खोजी गर्ने क्रममा शनिबार दिउँसो चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएको थियो । बस फेला नपरे पनि भारतीय विज्ञसहितको प्राविधिक टोली फर्किसकेको छ।