मेलम्ची नदीमा बाढी, सतर्कता अपनाउन आग्रह




काठमाडौँ, १८ साउन । सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ ।

नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।




जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।



सम्बन्धित
Loading...