मौलाकालिका केवलकारको मजदुरको चार तल्लाबाट खसेर मृत्यु




नवलपुर । पूर्वी नवलपरासीको गैडाकाट नगरपालिका १ मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केवलकारका एक जना मजदुरको चार तल्लाबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति बारा जिल्लाको जितपुर उपमहानगरपालिका २० निवासी २२ बर्षीय युवक गोरख राउत कुगर्मी पटेलको मृत्यु भएको हो । प्रहरीलाई आज विहान मात्र खबर भएको थियो ।




मौलाकाली केवलकार प्रालिको टप स्टेशनमा रहेको निर्माणाधिन भवनको चार तल्लाबाट खसेर सोही भवनमा लेवर काम गर्ने मजदुरको निधन भएको हो ।

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ ।



सम्बन्धित
Loading...