जसपाको कावासोतीमा रुपान्तरण कार्यक्रम, पटकपटक देशमा सरकार फेरिरहँदा विकास र सुशासनमा असर
कावासोती । जनता समाजवादी पार्टी, मगरात राष्ट्रिय समिति गण्डकी प्रदेश, जिल्ला समन्वय समिति नवलपुरको कावासोती रुपान्तरण कार्यक्रम भएको छ ।
नवलपुर जिल्लाको कावासोतीमा जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष जगतकाजी गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रम जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष एवम् पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले जसपाले गरिब निमुखा वर्गलाई माथि उकास्नका लागि समाजवादका मुद्दाहरु उठाउँदै आएको बताए । उनले देशमा पटक पटक सरकार परिवर्तन हुँदा सरकारप्रति जनताको विश्वास गुम्दै गएको र दीगो विकास र सुशासनमा असर परेको बताए ।
यस्तै कार्यक्रममा जसपाका राजनितिक समिति सदस्य रुद्रबहादुर गुरुङले पहिचानको कुरालाई अगाडि ल्याएको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशभरीका सबै जिल्लाका पदाधिकारी र केन्द्रीय सदस्य तथा जिलला सदस्यहरुको उपस्थित रहेको थियो ।
राम ब्लोन तामाङको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु धनप्रसाद तामाङ, छविलाल राना मगर, श्याम माया पुन, मान बहादुर घर्ती, सोम नेपाली, सुस्मिता थापा मगर, गण्डकी प्रदेश अध्यक्ष गोपाल गुरुङ लगायतले आआफ्नो धारणा राखेका थिए ।