नवलपुरमा सवारी दुर्घटनामा १ जनाको निधन

रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ सहामार अम्चुरको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
युपी ५६ ९२१२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट ३० मिटर चल अम्चुर खोलामा खस्न गई एक जना भारतीय नागरिकको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक भारतको महाराजगञ्ज निचलौल निवासी ४० बर्षीय प्रकाश भारतीयको निधन भएको हो । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार भारतको निचलौल निवासी २८ बर्षीय अशोक राजभर घाइते भएका छन
।
उनको अवस्था गम्भीर रहेको र उनको जिल्ला अस्पताल परासीमा उपचार भईरहेको छ ।