एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु, मृतककाे नाम सहित




नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ ।  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।



बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा को–को थिए यात्रु

बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ ।

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।



सम्बन्धित
Loading...