नवलपुरमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर मृत्यु

नवलपरासी । नवलपुरमा मासु खाँदा घाँटीमा हड्डि अड्किएर एक जनाको मृत्यु भएको छ ।
नवलपुरको गैडाकोट नगरपालिका १ गंगानगरमा छोरी कमला रानाभाटको घर पाहुना आएका कमलाका बुवाको मृत्यु भएको हो ।
तनहुँको भिरकोट नगरपालिका ३ पिपलबारी बस्ने ५९ बर्षीय अमबहादुर राना मगरको मृत्यु भएको हो ।
मंगलबार छोरीको घर आएका उनको बुधबार विहान खाना खाने क्रममा घाँडीमा हड्डि अड्किन गई विरामी भई तत्काल उपचारको लागि चितवनको सरकारी अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।