मिटरव्याजी पीडितहरुको अभियानमा साथ दिन सञ्चारकर्मीहरुलाई अपिल

नवलपुर । मिटरव्याजी पीडितहरुले आप्नो अभियानमा साथ दिन नवलपुरका पत्रकारहरुलाई आग्रह गरेको छ ।
आज कावासोतीमा मिटरव्याजी पीडितहरुले पत्रकार सम्मेलन गरी यस्तो आग्रह गरेको हो ।
मिटरव्याजी पीडित रामप्रसाद महतोले आफू र आफू जस्तै थारु समुदायको २८ जनालाई कावासोतीमा अमृत माया भुसालले घरबार विहीन बनाएको बताए ।
उनले भने हामीलाई मर्नसम्म बाध्य पारियो । कतिको त श्रीमानश्रीमतीकै सम्बन्ध विग्रियो कति घर गाउँ छाडेर हिडे ।
भुसाललाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार भुसाललाई कृते जालसाजी र अनुचित लेनदेनमा मुद्दा चलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले भुसालमार्फत ठगिएका सबैलाई उचित प्रमाण सहित जाहेरी दिन आग्रह समेत गरेको छ ।
भुसालले मिटरब्याजमा ऋण दिने त्यसपछि ब्याज पनि उठाउने र घरजग्गा पति आफ्नो नाममा पास लगेर लिने गरेको खुलेको छ भने कतिपयको बैंकका कर्मचारीसँग मिलेर कृते दस्तखत गरेर बैंकबाट पैसा झिकेर अपचलन गर्ने गरेको समेत खुलेको प्रहरीले जनाएको छ ।