दाउन्नेमा भासियोको सडक मर्मत गर्न पाँच घण्टा बाटो बन्द




नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा भासिएको सडक मर्मत गर्न आज ५ घण्टाको लागि बाटो बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिंदा दाउन्नेमा सवारी साधन एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । हिजो साँझ ५ बजेतिर भासिएको सडक आज विहान ८ बजेबाट मर्मत शुरु गरिएको छ ।



भासिएकोे सडक मर्मत गरी फराकिलो गराउन कम्तीमा ५ घण्टा लाग्ने अनुमान गरिएको छ ।

तत्काललाई अत्यावश्यक सवारी साधन एम्बुलेन्स, दम्कल लगायतका बाहेक अरु सवारी साधनलाई अन्य वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।



सम्बन्धित
Loading...