नवलपुरमा २ वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ४ जना घाइते




नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसाको भित्री सडक खण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार अम्रसा स्थित भित्री सडक खण्डमा ना ४५ प ८७५६ नम्बरको मोटरसाइकलले ना १२ प ४६३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।




दुर्घटनामा परी हुप्सेकोट ४ झ्यालबास निवासी ३९ बर्षीय म्याक्स सोती मगर, मध्यविन्दु ९ वसन्तपुर निवासी १९ बर्षी अश्मिन कुमाल, हुप्सेकोट २ निवासी १८ बर्षीय लोकेन्द्र नारायण मल्ल र हुप्सेकोट २ निवासी १७ बर्षीय सुसन मल्ल घाइते भएका छन् ।

घाइतेहरुको जनता हेल्थ केयर चोरमारामा उपचार भईरहेको छ । दुर्घटनामा परेको दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...