नागढुंगामा पहिरो खस्ने क्रम रोकिएन, सडक अझै अवरुद्ध
काठमाडौँ । नागढुङ्गा नजिकै खसेको पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक अझै अवरुद्ध रहेको छ ।
लगातारको वर्षा र पहिरोले नागढुङ्गा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पानी परिरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको बताएको छ । वर्षा रोकिएपछि पहिरो पन्छाउन ३ देखि ४ घण्टा लाग्ने बताइएको छ ।
बिहानै देखि सडक अवरुद्ध भएपछि अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन देखिएको छ ।