नवलपरासीमा ब्राउन सुगर सहित १ जना पक्राउ





नवलपरासी । नवलपरासीमा खैरो हेरोइन (ब्राउन सुगर) लागु औषध सहित १ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यायल नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ८ बाबुवा टोल बस्ने ५२ बर्षीय जगदिश केवटलाई ३० पुरिया खैरो हिरोइन सहित पक्राउ परेको हो ।


भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रतापपुर ४ हरकपुराबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइएको उनले बताए । बोहराका अनुसार पक्राउ परेका केवनलाई १० बर्षदेखि १५ बर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको बताए ।

साथै साउन महिनामा जिल्ला प्रहरी कार्यालय नवलपरासी लागुऔषध सम्बन्धि कसुर मुद्दामा ८ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...