मर्स्याङ्दी नदीमा भारतीय बस खस्यो




तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको छ । करिब साढे ११ बजेतिर बस खसेको प्रहरीको भनाइ छ ।

नदीमा देखिएको बसको आधा भाग हेर्दा भारतीय हो कि भन्ने प्रहरीको आशंका छ।



अहिले कुरिनटारबाट खटिएको गोताखोर टोली, नेपाली सेना र आँबुखैरेनीको प्रहरीसहित करिब ५०–६० जना सुरक्षाकर्मी उद्धारमा खटिएको एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बसमा कति यात्रु थिए र बस कहाँबाट आएको हो भन्ने यकिन हुन नसकेको पनि शाहीले नयाँ पत्रिकालाई बताए ।



सम्बन्धित
Loading...