भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो, कैयौँ यात्रुको मृत्यु




एउटा भारतीय बस तनहुँ जिल्लाको आँबुखैरैनीनजिकै मर्स्याङ्दी नदीमा खस्दा कैयौँ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थलबाट कम्तीमा १२ वटा शव निकालिएको छ भने खोजी तथा उद्धार कार्य जारी छ। पोखराबाट काठमाण्डूतर्फ जाँदै गरेको उक्त बस भारतको उत्तर प्रदेशमा दर्ता भएको देखिन्छ।



दुर्घटना ऐनापहरामा भएको हो। दुर्घटनाको कारण खुल्न बाँकी छ। उक्त बसमा झन्डै ४० जना सवार रहेको अनुमान गरिएको छ।

गत महिना चितवनको सिमलतालमा दुइटा यात्रुवाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा खस्दा दर्जनौँ मानिसको मृत्यु भएको थियो। ती बसमा ६२ जनामध्ये तीन जना जीवितै बाहिर निस्किएका थिए भने २४ जनाको शव फेला परेको थियो।



सम्बन्धित
Loading...