नवलपुरमा प्रकाशको नेतृत्वमा भौतिकवादी समाज नेपाल नवलपुर गठन



कावासोती । भौतिकवादी समाज नेपालको नवलपुरको कावासोतीमा भएको प्रथम जिल्ला भेलाले दलबहादुर बि.क. प्रकाशको अध्यक्षतामा अध्यक्षतामा भौतिकवादी समाज नेपाल नवलपुर गठन भएको छ ।

आज कावासोतीको डण्डामा रहेको दलित सामुदायिक केन्द्रको भवनमा भएको भेलाले दलबहादुर विक प्रकाशको नेतृत्वमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति नवलपुर चयन गरेको हो। ५ सदस्य पछि मनोनित गर्ने जनाएको छ । समितिमा सोम श्रीपाली, हेमराज दाहाल, नवीन बिक, श्याम गहतराज , बद्री बिक र हरि बस्नेत रहेका छन् ।




कार्यक्रममा बोल्दै समाजको केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीले भौतिकवादी समाज नेपालको सुरुवात २०७९ चैत ९ गते गते अर्थात २३ मार्च नास्तिक दिवसको दिनमा भएको बताए । उनले नवलपुर सहित अहिलेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, संखुवासभा, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन लगायतका जिल्लामा जिल्ला शाखा गठन भएको जानकारी दिए ।

उनले तीन लाख बर्ष अगाडि मानिस होमोसेपियन भनिएका बुद्धिमान मानिसहरूको विकास भएको तथा ७० हजार बर्षअघि हामी सोच्नसक्ने भएको र दसहजार वर्ष अघिदेखि खेती गर्न जाने तथा पैंतिस सय वर्षदेखि दर्शनको परिकल्पना गरेको बताए ।

कार्यक्रमको उद्घाटन र समापन ताली बजाएर गरिएको थियो । भेलामा भौतिकवादी समाजका केन्द्रीय सदस्य गोविन्द विश्वकर्माले अन्धविश्वास के हो र यसले समाजमा पारेका प्रभावका बारेमा जानकारी गराएका थिए । नउले अन्धविश्वास समाप्त पार्न सकिने विश्वास व्यक्त गर्दै सामाजिक अन्धविश्वास र विभेदलाई अन्त्य गर्नुको विकल्प नभएको बताए ।

त्यसैगरी केन्द्रीय सल्लाहकार किसन शर्माले भौतिकवादको औचित्य र धार्मिक समाज बारेमा विषय राखेका थिए ।

त्यसैगरी प्रदेश सांसद दमयन्ती रूचालले हिजो आज कम्युनिस्ट नेताहरू भौतिकवादी भए पनि अध्यात्मवाद छोड्न नसकेको कारण भौतिकवाद बदनाम हुँदै गएको तर्क गरे ।

त्यसैगरी पूर्ण प्रकाश विकले भौतिकवाद र अध्यात्मवाद मानव समाजभित्र कहिलेदेखि प्रवेश गर्यो जात व्यवस्था कसले कसरी ल्यायो छुवाछुत र विभेद कसरी निम्त्यो आदि प्रश्नहरू उठाएका थिए।

भेलामा जिल्ला समन्वय प्रमुख बाबुराम विश्वकर्माले आजको वैज्ञानिक युगमा भौतिकवादी जीवनशैली नअपनाए मानव समाज क्रमश संकटमा पर्दै जाने र अस्तित्वकै खतरा हुने समस्यातर्फ औलाएका थिए। कार्यक्रममा जनक थापा मगर लगायतले आआफ्नो धारणा राखेका थिए ।



सम्बन्धित
Loading...