अरनिको राजमार्ग अबरुद्ध




काभ्रे । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका-८ बन्देउडाडा स्थित अरनिको राजमार्गमा माथिबाट सुख्खा पहिरोसहित रुख ढली सडक अबरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसारआज एकाविहानै करिब ४:२० बजेको समयमा सुख्खा पहिरोसहित्को रुख ढली राजमार्ग अवरुद्ध भएको हो ।



अबरोध भएको उक्त स्थानमा प्रहरी टोली खटी गएको र स्थानीय निकायसँग समन्वय अबरोध हटाउने काम भैरहेको प्रहरीले जानकारी दिए ।

त्यस्तै काभ्रे जिल्लाको पाँचखाल – ४ फेदी स्थित जिरो किलो मेलम्ची सडक खण्डमा सड्क भन्दा माथिबाट पहिरो आई जिरो किलो मेलम्ची सडक खण्ड दुई तर्फि बन्द भएको थियो ।

उक्त स्थानमा प्रहरी टोली, स्थानिय निकाय र सडक बिभागको समन्वय सडक एकतर्फी खुलाएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...