नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना




चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

आज बिहान ७ः१५ बजेको समयमा महेन्द्रनगरबाट काठमाण्डौ जादै गरेको सुदुरपश्चिम प्रदेश०२–००१ ख १३३२ नम्बरको बस आफै अनियन्त्रित भई सडक साईडको डिभाईडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।




डिभाइडरका कारण ठूलो क्षति हुनबाट जोगिएको छ । डिभाइडरले बसलाई नदीमा खस्नबाट जोगाएको हो ।

बसमा सवार करिब १० जना यात्रुको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रवक्ता रिजालले बताए ।

सडक एकतर्फी रुपमा सञ्चालन भएको छ ।



सम्बन्धित
Loading...