मध्यविन्दुमा हाम्रो खुसी पाठ्यक्रम लागू, शिक्षाले समाजको नेतृत्व गर्नु पर्ने शिक्षामन्त्रीको भनाई


 




चोरमारा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नीतिगत नेतृत्व राजनितिले गरेपनि सामाजिक नेतृत्व शिक्षाले नै गर्र्नुपर्नेमा जोड दिएका छन् ।

 

शनिबार नवलपुरको मध्यविन्दु नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम तथा शिक्षक हातेपुस्तकको औपचारिक शुभारम्भ गर्दै उनले राजनितिलाई पनि शिक्षाले र्निदृष्ट गर्ने बताए ।

 


कार्यक्रमलाई सम्बन्धोन गर्दै उनले जिवनलाई जिवनचक्रको आधारमा बुझ्न सक्नेगरी पाठ्यक्रम निर्माण नहुदाँ त्यो प्राप्त ज्ञानलाई जिवनसंग जोड्न नसकिएको बताए । उनले शिक्षालाई जिवनसंग जोड्नुपर्छ भन्ने मान्यता सहित बिकास भएको यो खुसी पाठ्यक्रमले दिने विषय बस्तुले दीर्घकालिन प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

 

मध्यविन्दु नगरपालिकाले कार्यान्वयनमा ल्याएको हाम्रो खुसी पाठ्यक्रमलाई राष्ट्रिय प्रारुपको रुपमा कार्यान्वयनमा लैजना तर्फ शिक्षा मन्त्रीको रुपमा आफुले भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाइन् ।
मध्यविन्दु नगरपालिकामा यस शैक्षिक सत्र २०८१ बाट हाम्रो खुसी पाठ्यक्रम कार्यान्वयनमा गएको छ । पाठ्यक्रम र सोही पाठ्यक्रमको आधारमा निर्माण भएको शिक्षक हातेपुस्तकको शनिबार प्रमुख अतिथि मन्त्री भट्टराई सहित जिल्लाका वर्तमान तथा पूर्व सांसदहरुले बिमोचन गरेका थिए ।

कार्यक्रममा हाम्रो खुसी पाठ्यक्रमको अवधारणा, यसको निर्माण प्रक्रिया, कार्यान्वयनको चरणमा भएका अभ्यासहरुको बारेमा भिडियो सामाग्री तथा प्रस्तुतिकरण मार्फत जानकारी गराईएको थियो ।
पूर्व सांसद तिलक महतले मध्यविन्दु नगरपालिकामा शुरुवात भएको नवितम् कार्यलाई क्रमशः अन्य पालिकाहरुमा समेत कार्यान्वयनमा लैजान सुझाव दिए ।

 

त्यसैगरी संविधानसभा सदस्य एवम् हाल गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जि.सि.ले गण्डकी प्रदेश सरकारको समेत सहयोग रहेको यस पाठ्यक्रमलाई राष्ट्रिय रुपमा नै कार्यान्वयन गर्न तर्फ लैजान सुझाव दिए । उनले शिक्षाको विषयमा आवश्यक छलफलहुन आवश्यक रहेको भन्दै मध्यविन्दु नगरपालिकामा मयेर भिमलाल अधिकारीको नेतृत्वमा शुरुवात भएको यस कार्यको लागि धन्यवाद व्यक्त गरे ।
गाउँपालिका महासंघका महासचिव एवम् कालिगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम बहादुर थापाले हाम्रो खुसी कार्यक्रमसंग आफु प्रभावित भएको बताए ।

 

देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले हाम्रो खुसी पाठ्यक्रमबाट मध्यविन्दु नगरपालिकामा प्राप्त हुने सिकाई उपलब्धीलाई अध्ययन गरेर यसलाई देवचुलीमा समेत कार्यान्वयनमा लैजान आफु उत्सुक रहेको बताए ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले शिक्षाको क्षेत्रमा नयाँ कार्यको रुपमा प्रयोग ल्याएको यस पाठ्यक्रमलाई व्यवस्थित र उपलब्धी मुलक बनाउनतर्फ सबै नगरपालिका टिम क्रियाशिल रहेको बताए । उनले शैक्षिक परिवर्तनका लागि एउटा प्रयासको रुपमा हाम्रो खुसी कार्यक्रम कक्ष १ देखि ८ सम्म लागु गरिएको बताए ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाको पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरि प्रसाद देवकोटाले विभिन्न तहगत छलफल, अध्ययन र प्रयासहरुबाट हाम्रो खुसी पाठ्यक्रम निर्माण भएको बताए । पाठ्यक्रम निर्माण, हातेपुस्तक लेखन, सम्पादन लागयतको काममा सिंगो नगरपालिकाको शिक्षा क्षेत्र नै लागि पर्दाको उपलब्धी हाम्रो खुसी भएको बताए ।

 

मध्यविन्दु नगरपालिकाले २०७९ साल माघबाट हाम्रो खुसी पाठ्यक्रम निर्माणको काम शुरुवात गरेको बताउनुभयो । हाम्रो खुसी पाठ्यक्रम अनुसार निर्माण भएको शिक्षक हाते पुस्तकको सहयोगमा कक्षागत खुसी शिक्षकले विद्यार्थीहरुलाई हाम्रो खुसी अध्यापन गराउने सम्पादन मण्डलका संयोजक कृष्णचन्द्र गिरीले बताए ।
पाठ्यक्रम लागु गर्ने सन्दर्भमा निरन्तर अध्ययन, छलफल, शिक्षक अभिभावक भेटघाट, विद्यार्थीको बुझाईको अवलोकन लगायतको काम भईरहेको हाम्रो खुसी कार्यक्रम संयोजक लक्ष्मी भट्टराईले बताए ।

‘हाम्रो खुसी’ पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्नका लागि गण्डकी प्रदेश सरकार नवपर्वतक कार्यक्रम अन्तर्गत ७६ लाख र नगरपालिकाले ४५ लाख रुपियाँ रकम विनियोजन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए ।



सम्बन्धित
Loading...