नारायणी नदीको टापुमा भेटियो एक सिंगे गैंडाको अस्थिपञ्जर


 



नारायणी नदीको टापुमा एक सिंगे गैंडाको अवशेष फेला परेको छ।

भरतपुर-२६ स्थित हिराकुञ्ज वनको टापुमा मृत गैंडाको खागसहित अस्थिपञ्जर भेटिएको हो।




हात्ती चराउन गएका माउतेले हाडखुर देखेपछि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनलाई खबर गरेका थिए।

निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरी सहितको टोली उक्त स्थानमा पुगेर मुचुल्का उठाएको निकुञ्जका रेञ्जर सीताराम फुयालले बताए।

उक्त गैंडा केही महिनाअघि मरेको अनुमान छ।



सम्बन्धित
Loading...