पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाउँदा एक युवकको मृत्यु


 



भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३, लंकूमा एक युवकको आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ ।

 

बाराको गढीमाई नगरपालिका वडा नं–४ घर भई हाल भरतपुर–३, लंकूस्थित सन्तोष जैसवालको घरमा डेरा गरी बस्ने २२ वर्षीय राजावाबु जैसवालले आफू सुत्ने कोठामा कोही नभएको अवस्थामा आफैँले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाइ गम्भीर घाइते भएका थिए ।

 



आगोले जलेर गम्भीर घाइते भएका युवकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारपश्चात् थप उपचारका लागि सोमबार बेलुकी ५ः०० बजे एम्बुलेन्समा कीर्तिपुर हस्पिटल काठमाडौँ लगिएकोमा सोमबार राति १०ः४० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

 


सम्बन्धित
Loading...