परासीमा लागुऔषध सहित २ जना पक्राउ


 




नवलपरासी । पश्चिम नवलपरासीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार प्रहरी नायव उपरीक्षक रेशम बोहोराका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका ३ देबकोटा टोल बस्ने ३८ बर्षीय केशब श्रेष्ठ र ३८ बर्षीय प्रशान्त गुरुङ पक्राउ परेका हुन् ।

 

उनीहरुलाई पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ यातायात व्यवस्था कार्यालय नजिक दक्षिणतर्फबाट उत्तरतर्फ जाँदै गरेको अवस्थामा लु ४५ प ९०९८ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

 


उनीहरुको गतिविधि शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनि कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

 

उनीहरुको साथबाट प्रहरीले ३० ट्याब्लेट नाइट्रोभेट, १ सय ८० क्याप्सुल स्पास्मो, एक सय एमएलको २ बोटल ओनोरेक्स बरामद गरेको छ ।



सम्बन्धित
Loading...