चितवनको सनराइज बोर्डिङ स्कुलको होस्टेलबाट बालक बेपत्ता
चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता भएका छन् ।
स्कुलको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल बेपत्ता भएका हुन् । मंगलबार अपरान्ह ४ बजेदेखिनै समिर सम्पर्कबिहिन भएपछि अभिभावक चिन्तित छन् ।
सबैतिर खोजतलास गर्दा पनि फेला नपरेपछि परिवार अहिले तनावमा छ । छोराको खोजीका लागि प्रहरीकोमा खबर भइसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भावेश्वर रिजालले बालक हराएको जानकारी आएको र त्यसबारे अनुसन्धान सुरु भइसकका जानकारी दिनुभयो ।
बालक स्कुलबाट हराएको भन्ने जानकारी राती १० बजे आएको बताउँदै उहाँले भन्नुभयो, ‘खोजी कार्य अघि बढाइ सकेका छौं ।’