परासीमा लागुऔषध सहित पक्राउ





नवलपरासी । पश्चिम नवलपरासीमा लागुऔषध सहित १ जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार रामग्राम ४ ललितपुरस्थित उखुबारीमा छाप्रो भित्र लुकेर रहेको अवस्थामा पाल्पाको तानसेन ११ बर्तुङ निवासी १८ बर्षीय श्याम मगरलाई लागुऔषध सहित पक्राउ गरेको हो ।


प्रहरीले उनको साथबाट नुफिन ३९ एम्पुल, डाइजापाम ३९ एम्पुल र फेनारगन ३९ एम्पुल का साथै उनीहरुले प्रयोग गरेको ग १७ प ८२९७ नम्बरको स्कुटी पनि बरामद गरेको छ ।



सम्बन्धित
Loading...