टेलिग्राम मेसेजिङ एपका सीईओ पावेल डुरोभ हिरासतबाट रिहा, अदालतमा हाजिर हुने





काठमाडौं ।

फ्रान्सेली अभियोजकहरूले बुधबार टेलिग्रामका सीईओ पावेल डुरोभलाई चार दिनको सोधपुछपछि प्रहरी हिरासतबाट रिहा गरेका छन्। उनलाई मेसेजिंग एप अवैध गतिविधिहरूको लागि प्रयोग भइरहेको आरोपमा पक्राउ गरिएको थियो।


१२ ओटा कथित आपराधिक उल्लङ्घनहरू समावेश भएको गत महिना खोलिएको न्यायिक अनुसन्धानको एक भागको रूपमा डुरोभलाई पेरिसको बाहिर बोर्जेट एयरपोर्टमा पक्राउ गरेर शनिबार हिरासतमा राखिएको थियो।

“अनुसन्धान न्यायाधीशले पावेल डुरोभको प्रहरी हिरासत समाप्त गरेका छन र उनलाई पहिलो उपस्थिति र सम्भावित अभियोगको लागि अदालतमा ल्याइएको छ,” पेरिस अभियोजकको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको एपीन्यूज डटकमले रिपोर्ट गरेको छ।

रूसमा जन्मेका डुरोव, फ्रान्सेली नागरिक समेत हुन्। उनी विरुद्धको आरोपमा उनको प्लेटफर्म बाल यौन दुर्व्यवहार सामग्री र लागूपदार्थको ओसारपसार, जालसाजी र सट्टेबाजी संगठित अपराध लेनदेनको लागि प्रयोग भइरहेको उल्लेख छ। यस्तै टेलिग्रामले आवश्यक पर्दा कानूनको आधारमा अनुसन्धानकर्ताहरूसँग जानकारी वा कागजातहरू साझा गर्न अस्वीकार गरेको आरोप छ।



सम्बन्धित
Loading...