मकवानपुर र चितवनमा भारी वर्षा




काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मकवानपुरको हात्तीसुँडेमा भारी वर्षा मापन भएको छ। त्यहाँ पछिल्लो एक घन्टामा ५६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै



चितवनको कल्याणपुरमा ४५.६ मिलिमिटर वर्षा भएको छ। ओखलढुंगामा ३६.२ मिलिमिटर वर्षा भएको छ। चितवनकै देवघाटमा पछिल्लो एक घन्टामा ३३.४ मिलिमिटर वर्षा भएको छ।

यता नवलपुर र पश्चिम नवलपरासीमा पनि गएराति देखि बर्षा भईरहेको छ ।

पछिल्लो ६ घण्टामा नवलपुरको डण्डा आसपासको क्षेत्रमा ३३ मिलिलिटर, दुम्कौली आसपासको क्षेत्रमा ३९ दशमलब ४ मिलिलिटर, देउराली आसपासको क्षेत्रमा २९ दशमलब ४ मिलिलिटर पानी परेको छ ।

त्यसैगरी पश्चिम नवलपरासीको सेमरी आसपासको क्षेत्रमा १४ दशमलब ५ मिलिलिटर पानी परेको छ ।



सम्बन्धित
Loading...