मध्यविन्दुमा प्रश्नपत्र निर्माण कार्यशाला गाष्ठी





प्रकाश रेग्मी –
चोरमारा – नवलपुरको मध्यबिन्दु नगरपालिकामा आधारभुत तहको बिज्ञान तथा प्रविधि बिषय शिक्षकहरुको प्रश्न पत्र निमार्ण कार्यशाला भएको छ ।

विज्ञान शिक्षक समाज नवलपुरको आयोजना, बिज्ञान शिक्षक समाज मध्यविन्दु र शिक्षा युवा तथा खेलकुद महाशाखाको सह–आयोजनामा कार्यशाला भएको हो ।


बिज्ञान शिक्षक समाज मध्यबिन्दुका अध्यक्ष होमनाथ पौडेलको अध्यक्षता र मध्यविन्दु नगर प्रवक्ता एवम् वडा नम्बर १० का वडा अध्यक्ष रण बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रम जनता माध्यमिक बिद्यालय मध्यविन्दु १० मङ्गलचौरमा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले बिज्ञान शिक्षकको हकहित तथा बिज्ञान बिषयको नतिजा उत्कृष्ट बनाउन मध्यविन्दु नगरपालिकाबाट हुन सक्ने सक्दो सहयोग रहेन प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मध्यविन्दु नगरपालिका स्रोत शिक्षक कलामुदिन अन्सारीले बिज्ञान बिषयको नतिजा सुधार्न परियोजना कार्य तथा प्राविधि मैत्री शिक्षाको आवश्यकता रहेको छ । यसलाई शाखाले पनि महत्व दिएको बताए ।

नगरपालिका भित्र भएका सामुदायिक तथा संस्थागत विद्यालयबाट २४ जना बिज्ञान शिक्षकको सहभागीता रहेको उक्त कार्यशालामा बिज्ञान शिक्षक समाज नवलपुर जिल्ला अध्यक्ष मोहन भण्डारीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नवजागरण नमुना माविका प्रध्यानाध्यापक हरि प्रसाद देवकोटाले, जनता मावि मङ्गलबारका बिद्यालय विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज पाण्डे लगायतले मन्तव्य राखेका थिए ।



सम्बन्धित
Loading...