रुपन्देहीमा अति ठूलो वर्षा, तिनाउमा ‘रेडअलर्ट’, नवलपुरमा कहाँ कति पर्यो ?





बुटवल । रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रमा अत्यधिक वर्षा हुँदा नदी तटीय क्षेत्रमा जोखिम बढेको छ ।

पछिल्लो तीन घण्टामा चितवनको कल्याणपुरमा एक सय २८ दशमलव दुई मिलिमिटर, शक्तिपुरमा ९५ दशमलव आठ मिलिमिटर, रुपन्देहीको भवानीपुरमा ९५ दशमलव ६ मिलिमिटर र तिलोत्तमामा ८९ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।


यस्तै बाढी पूर्वानुमान् महाशाखाले रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रका साना ठूला नदीहरुमा जोखिम रहेको भन्दै ‘रेडअलर्ट’ जारी गरेको छ ।

अहिले कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, खोटाङ, सोलुखुम्बुसहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ ।

त्यसैगरी नवलपुरको डण्डा आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा ३५ दशमलब ४ मिलिलिटर र १२ घण्टामा ५२ मिलिलिटर पानी परेको छ ।

त्यसैगरी देउराली आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा ४९ दशमलब २ मिलिलिटर र दुम्कौली आसपासको क्षेत्रमा ५९ दशमलब ६ मिलिलिटर पानी परेको छ ।



सम्बन्धित
Loading...