नवलपरासीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु





नवलपरासी । चट्याङ लागेर आज पश्चिम नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं. १४ पर्सावल बस्ने ३५ वर्षिय ठाकुर नाथ कवँर रहेको प्रहरीले जनाएको छ ।


बिहान पानी परिरहेको अवस्थामा खेतमा काम गर्न गएका कवँरको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका उनको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारका लागि लगिएकोमा त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहोराले जानकारी दिए ।



सम्बन्धित
Loading...