नवलपुर एफएमको ११ औं बार्षिकोत्सव, तिजविषेश कार्यक्रम




नवलपुर । नवलपुरको कावासोतीमा रहेको नवलपुर एफ.एम. १०४.७ मेगाहर्जको ११ औं बार्षिकोत्सव आज विविध कार्यक्रम गरिएको छ ।

आजभन्दा ११ बर्ष अगाडि नेपाली महिलाहरुको महान पर्व तिजकै दिन पारेर प्रशारण शुरु गरिएको नवलपुर एफ.एम.को आज ११ औं बार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको हो ।



बार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान तथा तिज विशेष कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् गण्डकी प्रदेश सभा सदस्य विन्दु पहाडीले रेडियोका स्थापक स्व. तिर्थराज भुसालको स्मरण गर्नुहुँदै भुसालका पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।

प्रदेश सभा सदस्य विन्दु पौडेल पहाडीले तिज नेपाली चेलीहरुको महत्वपूर्ण पर्व भएकोले यसलाई हर्षउल्लाहासका साथ मनाउनु पर्नेमा जोड दिऐ । उनले नेपाली पर्वलाई बाह्य प्रभावबाट राख्नु पर्नेमा पनि जोड दिए ।

त्यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् गण्डकी प्रदेश सभाका पूर्व सांसद ओमकला गौतमले स्व. पत्रकार तिर्थराज भुसालको कावासोतीमा पत्रकारिताको क्षेत्रमा अतुलनीय योगदान रहेको बताए ।

कार्यक्रममा स्व. पत्रकार तिर्थराज भुसालको स्मृतिमा तिजगीत रचना गरेर वाचन गर्ने नवलपुर एकेडमी डण्डाका विद्यार्थी, प्रिन्सिपल हरिहर अधिकारी र गीतका रचनाकार नवलपुर एकेडमीका शिक्षक लोकनाथ पंगेनीलाई सम्मान गरिएको थियो ।

नवलपुर एफ.एम.का अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नवलपुर एफ.एम.का प्रबन्ध निर्देशक राधिका भुसालले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला अधिकारकर्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । नवलपुर एफ.एम.को बार्षिकोत्सवको अवसरमा आयोजित तीज विशेष कार्यक्रम अहिले पनि चलिरहेको छ ।

जस्ले धेरै नाच्च उसैले पुरस्कार जित्छ कार्यक्रम अन्तरगतको तिज विशेष कार्यक्रममा महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको छ ।



सम्बन्धित
Loading...