नवलपुरमा पानीमा डुबेर बालकको मृत्यु

नवलपुर । नवलपुरको गैडाकोटमा पानीमा डुबेर ३ बर्षीय बालकको मृत्यु भएको छ ।
गएराति गैडाकोट ९ थुम्सी निवासी ३ बर्षीय बालक सुमन मानन्धरको पानीमा डुबेर मृत्यु भएको हो ।
घरदेखि १० मिटर जति पर रहेको नारायणी नदीको तट्बन्धनको छेउमा बगेको पानीमा डुबेर बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बालकलाई पानीमा डुबेको अवस्थामा देखेर उद्दार गरी भरतपुर अस्पतालमा उपचारको क्रममा लगिएकोमा राति नै उनको उपचारको क्रममा निधन भएको हो ।