युनाईटेड गोल्ड कपः पश्चिमटोलालाई हराउँदै वातासिनो कावासोती सेमिफाइनलमा





कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको आइतबार सम्पन्न क्वाटरफाइनल अन्तरगतको खेलमा वातासिनो कावासोती विजयी भएको छ ।

कावासोतीको नमुना युवा क्लब पश्चिमटोलालाई पराजित गर्दै वातासिनो कावासोतीले सेमिफाइनलमा पुगेको हो ।


निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछी ट्राईबेकर मार्फत ४–२ अन्तरले वातासिनो कावासोती बिजयी भएको हो ।

सोमबार सेन्ट्रल कलेज २८ बिगाहा र भेडावारी युवा क्लब भेडावारीले सेमिफाइनल प्रबेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।

उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा।बि। गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ ।



सम्बन्धित
Loading...