सुनारीको पाँचौ स्मृतिमा दुम्किबासमा शोक सभा
नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ नवलपरासीका संस्थापक जिल्ला सचिव एवम् पूर्व जिल्ला अध्यक्ष स्व. कर्ण बहादुर सुनारी मगरकी श्रीमती तथा नेपाल आदिवासी जनजाति युवा महासंघ नवलपुरका अध्यक्ष नम्सु सुनारी मगरकी आमा मनिसरा सुनारी मगरको पाँचौं दिनको स्मृतिमा आज शोक सभा गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नवलपुर, नेपाल मगर संघ नवलपुर, आदिवासी जनजाति राष्ट्रिय महिला महासंघ नवलपुर, नेपाल आदिवासी जनजाति महासंघ विनयी त्रिवेणी, नेपाल मगर संघ विनयी त्रिवेणी, गैडाकोट र देवचुलीको संयुक्त आयोजनामा शोक सभा गरिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ विनयी त्रिवेणीका अध्यक्ष चित्रबहादुर थापाको अध्यक्षतामा भएको शोक सभा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।
शोक सभामा नेपाल मगर संघका केन्द्रिय सदस्य इन्द्र फाल मगर, आदिवासी जनजाति राष्ट्रिय महिला महासंघ नवलपुरका अध्यक्ष ज्योति दराई लगायतले शोक मन्तव्य राखेका थिए ।