नवलपुरको डेढगाउँमा निशुल्क स्वास्थ्य शिविर





रामकुमार श्रेष्ठ –
नवलपुर । निजामति कर्मचारी दिवस तथा संविधान दिवसको अवसर पारेर आज बौदीकाली २ डेढगाउँमा निशुल्क बृहत् स्वास्थ्य शिविर भएको छ ।

कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविर मध्यविन्दु जिल्ला अस्पतालको प्राविधिक सहयोगमा भएको हो ।


निशुल्क स्वास्थ्य शिविरमा स्थानीय महिला, जेष्ठनागरिक, बालबालिकाहरूले लाभ लिएको थिए । शिविरमा निशुल्क औषधि वितरण गरिएको थियो ।

बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउँपालिकाको सहआयोजनामा भएको स्वास्थ्य शिविरको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले उद्घाटन गरेका थिए ।

कार्यक्रम बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाको अध्यक्षतामा भएको थियो ।

स्वास्थ्य शिविर गर्नु पूर्व स्थानीय बाल क्लबका कलाकारहरूले स्वास्थ्य सम्बन्धि सचेतनामूलक सडक नाटक प्रस्तुत गरेका थिए ।

शिविरमा ४ सय १२ जनाले निशुल्क स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षण गरिएका सामान्य प्रकारका विरामीहरुलाई निशुल्क औषधि वितरण गरिएका थियो भने गम्भीर प्रकृतिका विरामीहरुलाई थप निशुल्क उपचारका लागि रिफर गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले सरकारी कर्मचारी नराम्रो हुन्छन भन्ने गलत सन्देश चिर्नका लागि विकट क्षेत्रमा यस्ता कार्यक्रम लिएको आएको बताए ।

 



सम्बन्धित
Loading...