नवलपुरको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ७ जना घाइते




नवलपुर । नवलपुर जिल्लाको विभिन्न स्थानमा आज भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् ।

नवलपुर प्रहरीका अनुसार नवलपुरको देवचुली नगरपालिका ५ कदमपुरको भित्री सडक खण्डमा स्कुटरले साइकललाई ठक्कर दिंदा ३ जना घाइते भएका छन् ।



आज दिउँसो देवचुली ५ कदमपुरमा बा.प्र. ०३–००२ प ७८०५ नम्बरको स्कुटरले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी देवचुली ५ निवासी १० बर्षीय रोहन खड्का गम्भीर घाइते भएका छन् । उनको पुरानो मडिकल कलेज भरतपुरमा उपचपार भईरहेको छ ।

त्यसैगरी दुर्घटनामा परी देवचुली ५ कै १० बर्षीय अमृत लिम्बु र स्कुटर चालक देवचुली ५ निवासी १७ बर्षीय विशाल ढेंगा घाइते भएका छन् । घाइते लिम्बु र ढेंगाको अवस्था मध्यम रहेको छ ।

त्यसैगरी नवलपुरको गैडाकोटमा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोटको १६ नम्कर चोक नजिकै भित्री सडक खण्डमा लु २ ख ४६६१ नम्बरको टिपरले लु १ ह १७०४ नम्बरको अटोलाई ठक्कर दिंदा अटो चालक सहित अटोमा सवार ३ व्यक्तिहरु घाइते भएका हुन् ।
दुर्घटनामा परी अटो चालक नवलपुरको गैडाकोट नगरपालिका १५ बस्ने वर्ष २६ को सन्तबहादुर आले मगर, अटोमा सवार देवचुली नगरपालिका १३ बस्ने वर्ष ५६ की सावित्रा बराल र वर्ष ६० को गणेश बराल घाइते भएका हुन् ।
घाइतेहरुको उपचार स्थानिय मेडिकलमा भैरहेको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन सहित टिपर चालक कावासोती ७ निवासी कुलराम महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी नवलपुरको गैडाकोट ३ तिन खोलेमा बसले मोटरसाइकललाई ठक्कर दिंदा १ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कालीगण्डकी कोरिडोरको बुलिङटारबाट गैडाकोटतर्फ आउदै गरेको ध १ ख ४७४ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको बा.प्र.०३–००२ प ५२७१ न.मो.सा.लाई ठक्कर दिँदा मो.सा. चालक गैडाकोट न.पा. ३ बस्ने बर्ष २५ को कृष्ण बहादुर अश्लामी मगर घाइते भएका हुन् ।
घाइतेको उपचारको लागि नारायणी सामुदायिक अस्पताल भरतपुर, चितवन पठाएको र घाइतेको दाहिने खुट्टा र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...