नवलपुरमा ५ वटा पशुचौपाया नियन्त्रणमा
नवलपुर । नवलपुरमा प्रहरीले ४ वटा पशुचौपाया नियन्त्रणमा लिएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिका ३ ढाडे सिमल र विनयी त्रिवेणी गाउँपालिका ३ सुनही रातामाटेको सिमानामा पर्ने सुनहीदेखि चोरमारातर्फ हिडालेर ल्याउँदै गरेको ४ वटा गोरु र एउटा गाउँ प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले पशुचौपायासँगै ३ जनालाई नियन्त्रणमा लिएको छ । मासु प्रयोजनका लागि विक्रीवतरण गर्न हिडेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले पशुचौपायासँगै मध्यविन्दु नगरपालिका चोरमारा निवासी ५० बर्षीय शेरबहादुर महतो, विनयी त्रिवेणी ३ निवासी ५५ बर्षीय इन्द्रबहादुर कुमाल र ६१ बर्षीय टोपबहादुर रानाभाटलाई नियन्त्रणमा लिएको छ ।
२९ गते राति सर्दीबाट चोरमारातर्फ एउटा बलेरोमा यि गाई र गोरु ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर छाडेका र आज फेरि उक्त गाई र गोरु ल्याएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।