नारायणीमा हाम फाली युवक वेपत्ता
नवलपुर । नारायणी नदी किनारमा आज एक जना युवा हाम फाली वेपत्ता भएका छन् ।
आज दिउँसो साढे ११ बजेतिरको समयमा नवलपुरको गैंडाकोट नगरपालिका २ स्थित नारायणी नदीको पुलबाट नदीमा हाल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नामथर, वतन नखुलेको अन्दाजी २५÷३० वर्षको जस्तो देखिने पुरुष ब्यक्ति हाम फालेको भनि स्थानिय मार्फत प्रहरीलाई जानकारी आउना साथ उनको खोजी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना स्थलबाट सि.सि.टि.भि. फुटेज चेक गर्दा गैंडाकोटबाट चितवनतर्फ जाँदै गरेको सेतो टिसट, निलो जिन्स पाईन्ट लगाएको पुरुष ब्यक्ति नदीमा हाम फालेको देखिएको गैडाकोट प्रहरीले जनाएको छ । उनको आज अबेरसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
कावासोतीमा दुर्घटना
नवलपुर । नवलपुरको कावासोती १२ राजमन्दिर स्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकलको ठक्करबाट १ जना बालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरका कावासोती १२ राजमन्दिर स्थित भित्री सडकखण्डमा हाइवेबाट राजमन्दिरतर्फ जादै गरेको ग.प्र.४–००१ प ७१२० नम्बरको मोटरसाइकलले कावासोती १२ निवासी बर्ष ११ को युगेश महतोलाई ठक्कर दिएको हो ।
उनको शरीरको भित्री भागमा चोट लागेको र अवस्था मध्यम प्रहरीले जनाएको छ । घाइते बालकको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । प्रहरीले मोटरसाइकल र मोटरसाइकल चालकलाई नियन्त्तणमा लिएको जनाएको छ ।