कावासोतीमा बजार अनुगमन, ३ वटा मिठाइ पसलमा अखाद्य रङ्ग र तेल नष्ट





कावासोती । नवलपुरको कावासोती नगरपालिकाले नगरपालिका भित्र बजार अनुगमन शुरु गरेको छ ।

अनुगमनको क्रममा बजारमा रहेको पसलहरु दर्ता नभएका, मूल्य सूची प्रष्ट ठाउँमा देखिने गरी नराखेको जस्तो पाइएको नगरपालिको आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


त्यसैगरी ३ वटा मिठाइ पसलमा अखाद्य वस्तु रङ्ग र दुषित तेल प्रयोग गरेको पाइएकोले नष्ट गरेको समेत जनाएको छ ।

कावासोती नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय नवलपुर लगायतले संयुक्त रुपमा अनुगमन गरेका हुन् ।
चाडपर्वको समयमा कालोबजारी हुन सक्ने भएकोले नगरपालिकाले बजार अनुगमन शुरु गरेको जनाएको छ ।



सम्बन्धित
Loading...