कावासोती गोडारमा भोदी खेल प्रतियोगिता





कावासोती नगरपालिका वार्ड नम्बर १५ गोडारमा टोल स्तरीय भोदी खेल सम्पन्न भएको छ।

थारु जातिको महान पर्व अनन्त चतुर्थी अनत पावनको पावन अवसरमा उक खेल सम्पन्न भएको हो। गोडार गाउँ बर्ना समितिको आयोजनामा सोरठ युवा क्लबको खेलमैदानमा सञ्चालन भएको उक्त कार्यक्रममा महिलातर्फ १२ टिम र पुरुषतर्फ १९ टिम सहभागी भएका थिए।


कार्यक्रममा प्रमुख अतिथि वार्ड नम्बर १५ का वडाध्यक्ष तेजकुमार श्रेष्ठले पछिल्लो पुस्ताले संस्कृति संरक्षणमा चासो नदेखाएको गुनासो गर्नुभयो।

नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्न सकेमा संस्कृति संरक्षण गर्न सकिन्छ भन्ने जिकिर गर्नुभयो। त्यसैगरी कार्यक्रममा थारु कल्याणकारी पूर्व केन्द्रीय सदस्य इनर प्रसाद महतोले अनतपर्वको बारेमा र बोधी खेलको बारेमा जानकारी गराएका थिए।

महिलातर्फ प्रथम डाफे मुनाल महिला समूह साहारसटोल, द्वितीय बाणगंगा महिला समूह कठौना र तृतीय आवास महिला समूह आवाज भएका हुन्।

प्रथम द्वितीय तृतीय हुने समूहले क्रमश रु ४,५००/-, ३,५००/- र २,५००/-र पुरुषतर्फ प्रथम शेरगन्ज टाडीटोल ,‌ द्वितीय युनिटी सिमेन्ट सामग्री उद्योग र तृतीय अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे वाघखोर भएका हो। जसमा प्रथम द्वितीय तृतीय हुनेले टिमलाई  क्रमश रु ७,५००/-, ५,५००/- र ४,५००/- नगद पुरस्कार प्रदान गरिएको हो।



सम्बन्धित
Loading...