बुटवल-नारायणगढ सडक खण्ड विस्तार कार्य १ बर्ष भित्र सक्न मुख्यमन्त्री पाण्डेकाे निर्देशन




रामकुमार श्रेष्ठ –
नवलपुर – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुटवल-नारायणगढ सडक खण्ड विस्तार कार्य १ बर्ष भित्र पूर्णरूपमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन नवलपुरमा आईपुगेका मुख्यमन्त्री पाण्डे आज जिल्ला प्रशासन कार्यलय नवलपुरमा नवलपुरका सरकारी कार्यालयका प्रमुखहरूसँगकाे भेटघाटका क्रममा यस्ताे निर्देशन दिएका हुन् ।




कार्यक्रममा सडक विस्तारकाे जिम्मा पाएकाे चाईना स्टेट कम्पनीका कर्मचारी तथा ठेकेदारकाे पनि सहभागिता रहेकाे थियाे ।

मुख्यमन्त्री पाण्डेले भने – मलाई अरू बाहाना थाहा छैन थप गरिएकाे समय अवधिकाे १ बर्ष भित्र निर्माण कार्य पूरा गरेर हस्तान्तरण गर्नु पर्दछ।

बुटवल नारायणगढ सडक खण्ड विस्तार कार्य जम्मा ५२ प्रतिशत मात्र सकिएकाे छ ।

मुख्य मन्त्री पाण्डेले आज नै नवलपुरकाे कावासाेतीमा निर्माण शुरू गरिएकाे नमुना सदरमुकाम स्थलकाे पनि निरीक्षण गरेका थिए ।



सम्बन्धित
Loading...