संविधानको विरोध गर्ने १ जना कावासोतीमा पक्राउ

नवलपुर । नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
कार्यक्रम शुरु हुनु पूर्व निधारमा कालापट्टी बाँधेर बसेको कावासोती २ निवासी इन्द्र सिग्देललाई प्रहरीले पक्राउ गरेको हो ।
सिग्देललाई आज साँझ तिर छाडिने जिल्ला प्रहरी कार्यालय नवपलपुरका प्रहरी प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
