संविधान दिवसमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम





नवलपुर । कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा गरिएको निमामति कर्मचारी स्थापना दिवस तथा संविधान दिवसको अवसरमा आयोजित विविध कार्यक्रमको आज समापन गरिएको छ ।

आज जिल्ला समन्वय समिति नवलपुरको सभाहलमा कार्यक्रमको समापन गरिएको हो ।


कर्मचारी मिलन केन्द्रले निमामति कर्मचारी दिवस तथा संविधान दिवसका अवसर पारेर नवलपुरमा कर्मचारी र पत्रकारबीच फुटसल प्रतियोगिता, रक्तदान कार्यक्रम, निबन्ध प्रतियोगिता, डेढगाउँमा निशुल्क स्वास्थ्य शिविर लगायतको कार्यक्रम गरेको थियो ।

कर्मचारी र पत्रकारबीच फुटसल प्रतियोगिता, रक्तदान कार्यक्रम, निबन्ध प्रतियोगिता, डेढगाउँमा निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमका सहभागि तथा पुरस्कृतलाई सम्मान तथा पुरस्कार गरिएको कर्मचारी मिलन केन्द्र नवलपुरका अध्यक्ष विरेन्द्र घिमिरेले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले कर्मचारीहरु सदैव राष्ट्र सेवक भएर जनताप्रति उत्तरदायी बनेर काम गर्न आग्रह गरे ।

अध्यक्ष मिलन केन्द्रका अध्यक्ष बिरेन्द्र घिमिरेको अध्यक्षतामा भएको समापन कार्यक्रममा नवलपुर जिल्ला अदालतका जिल्ला न्यायाधिष कमलप्रसाद ज्ञवाली, नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।



सम्बन्धित
Loading...