रोटरी गैडाकोटबाट कारागारमा पुस्तक हस्तान्त्रण




गैडाकोट । रोटरी क्लब अफ गैडाकोटको आयोजनामा जिल्ला कारागार भरतपुर चितवनका कैदी बन्दीहरुका लागि आज पुस्तक हस्तान्त्रण गरिएको छ ।

बिभिन्न ब्यक्तिहरुको सहयोगमा कानुन साहित्य र सकरात्मक सोच अभिबृद्धि गर्ने किसिमका करिब १५० भन्दा बढी पुस्तक हस्तान्त्रण गरिएको रोटरी क्लब अफ गैडाकोटका अध्यक्ष रमेश काफ्लेले बताए ।

 




बिभिन्न परिबन्दले कारागारमा रहनु परे पनि सकरात्मक सोचका साथ आफूलाइ सुधार गरी समाजमा सहज पुनर्सथापनाकालागि सहयोग पुगोस भनि पुस्तक हस्तान्तरण गरिएको रोटरी इन्टरनेशनल ३२९२ का एसिस्टेन्ट गर्भनर अशोक कुमार बस्नेतले बताए ।

 

कारागार कार्यालय परिसरमा आज बिहान सम्पन्न उक्त कार्यक्रम रोटरी क्लब अफ गैडाकोटका अध्यक्ष रोटरियन अधिबक्ता रमेश काफ्लेको अध्यक्षतामा पुस्तक हस्तान्तरण गरिएको हो ।

 

पुस्तक हस्तान्तरण कार्यक्रममा जेलर कमलप्रसाद आचार्य, रोटरी क्लब अफ गैडाकोटका पुर्व अध्यक्षहरु तथा कारागारका सुरक्षा प्रमुख चौकीदारहरु र बन्दीहरु लगायतको उपस्थिति रहेको थियो ।



सम्बन्धित
Loading...