अमलटारीमा झमटा गीत तथा नृत्य प्रतियोगिता (फोटो फिचर सहित)


नवलपुर । नवलपुरको कावासोती १७ मा रहेको इको टुरिजम युथ क्लबको आयोजनामा आज कावासोती १७ अमलटारीमा ललपुर (नवलपुर) जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता भएको छ ।

प्रतियोगिता पौराणिक गीत तर्फ ५० वटा समूह र आधुनिक गीत तर्फ १६ वटा समूहको सहभागिता रहेको छ ।

प्रतियोगिताको सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री अरुणकुमार चौधरी उद्घाटन गरेका थिए ।

यहाँ पछिल्लो चार बर्षदेखि लगातार थारु महिलाको महान पर्व जितियाको अवसर पारेर अमलटारीमा इको टुरिजम युथ क्लबले झामटा गीत तथा नृत्य प्रतियोगिता गर्दै आएको छ ।

क्लबका अध्यक्ष बालकुमारी महतोको अध्यक्षतामा प्रतियोगिता भएको हो ।

थारु समुदायको कला संस्कृति जोगाउन र युवा पुस्तामा कला संस्कृति हस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम स्थलमा थारु समुदायका महिलाहरुको उल्लेखनीय सहभागिता रहेको छ ।

 



सम्बन्धित
Loading...