हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते





नवलपुर । नवलपुरको हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरको गएराति हुप्सेकोट गाउँपालिलका ३ घर्ति टोलमा भित्री सडक खण्डमा गिरुवारीबाट बेलुवातर्फ आउँदै गरेको ना ४८ प ९२१० नम्बरको मोटरसाइकलले सडक छेउ बसिरहेका २ जनालाई ठक्कर दिएको हो ।


घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचारपश्चात थप उपचारका लागि गएराति नै चितवन मेडिकल कलेज पठाइएको छ ।

दुर्घटनामा परी हुप्सेकोट ५ बसेनी निवासी ३८ बर्षीय नरबहादुर ठाड र १७ बर्षीया रुपा रजाली घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...