नवलपुरमा ट्रकमा आगलागी





नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ चालिस किलो जंगलमा मालबहाक ट्रकमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका ७ चालिस किलो जंगलमा ना ६ ख १८७८ नम्बरको ट्रकमा आगलागी भएको हो ।


ट्रकमा अचानक टायर पड्किन गई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ट्रक र ट्रकमा रहेको १३ लाख २७ हजार बराबरको २१ टन मैदाको पीठो जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ट्रकमा लागेको आगो कावासोतीको दमकल र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।



सम्बन्धित
Loading...