कावासोतीका सामुदायिक र संस्थागत विद्यालयमा एउटै शैक्षिक क्यालेण्डर लागु हुन सकेन
नवलपुर । नवलपुरको कावासोती नगरपालिकामा सामुदायिक र संस्थागत विद्यालयमा एउटै शैक्षिक क्यालेण्डर लागु गर्ने भनेर निर्णय गरेको बर्षौ भईसक्यो ।
कावासोती नगरपालिकाको नगर शिक्षा समितिमा सामुदायिक र संस्थागत विद्यालय दुवै क्षेत्रका प्रतिनिधिहरु पनि रहने गर्दछन् । नियमित वैठक बसेर कहिले के गर्ने भनेर संयुक्त रुपमा निर्णय पनि हुन्छ तर, संयुक्त क्लालेण्डर भने लागु हुन सकेको छैन ।
यति बेला कावासोतीमा सामुदायिक विद्यालयहरुले त्रैमासिक परीक्षा सञ्चालन गरिरहेको छ । जुन परीक्षा हिजोदेखि शुरु भएको हो भने संस्थागत अर्थात निजी विद्यालयले भने १३ गते देखि मात्र सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
यसैबीच कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसालले सञ्चारकर्मीहरुले यस विषयमा जिज्ञासा राख्नासाथ सम्बन्धित शाखालाई तत्काल नगर शिक्षा समितिको वैठक बसी यस विषयमा छलफल गरेर एउटै क्यालेण्डर लागु गर्न निर्देशन दिए ।
कावासोती शिक्षा शाखा प्रमुख छत्रबहादुर भण्डारीले भने शैक्षिक क्यालेण्डर एउटै लागु गराउने प्रयास भईरहेको बताउँदै पूर्ण रुपमा लागु नभएको भनि भन्न भने नमिल्ने बताए ।