नवलपुरका भूमिहिन सुकुम्बासीहरुको भेला तथा प्रशिक्षण





नवलपुर ।
नवलपुरका भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासीहरुले आफूहरुले राज्यले अनावश्यक दुःख दिने गरेको बताएका छन् ।

निर्वाचनको बेला लालपूर्जा दिन्छु भनेर बाचा गर्ने र जितेर जनप्रतिनिधि बनेपछि उनीहरुले नै राज्यको निकाय बनेर सुकुम्बासीहरुलाई झुक्काउने र अनावश्यक दुःख दिने गरेको उनीहरुले गुनासो गरेका छन् ।


नवलपुरमा ३६ हजार ३ सय ८९ जना भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेका छन् । सुकुम्बासीहरुलाई कहिले राष्ट्रिय आवासको नाममा कहिले निकुञ्जको र मध्यवर्तीको नाममा दुःख दिएर लालपूर्जा नदिने गरेको राष्ट्रिय भूमि अधिकार मञ्च नवलपुरका अध्यक्ष भैरव गुरुङले बताए ।

यसैबीच राष्ट्रिय भूमि अधिकार मञ्च गण्डकी प्रदेशको तेस्रो वैठक आज कावासोतीमा बसेको छ ।

गण्डकी प्रदेश अध्यक्ष रामबहादुर लामिछानेको अध्यक्षतामा भएको वैठकमा राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जीले प्रशिक्षण दिएका थिए ।



सम्बन्धित
Loading...